सम्पत्ति शुद्धिकरण तथा हस्ताक्षर पहिचान सम्बन्धि एक दिने तालिम कार्यक्रम

सम्पत्ति शुद्धिकरण तथा हस्ताक्षर पहिचान सम्बन्धि एक दिने तालिम कार्यक्रम

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार शिक्षा तथा समाज कल्याण उप समितिको संयोजकत्वमा मिति २०८१ पौष ६ गते शनिबार सम्पत्ति शुद्धिकरण तथा हस्ताक्षर पहिचान सम्बन्धि एक दिने तालिम कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न सो तालिम कार्यक्रममा शिक्षा तथा समाज कल्याण उप समिति संयोजक श्री जितेन्द्र भक्त पोटेज्यूले स्वागत मन्तव्य दिनुभयो भने संस्थाका सचिब श्री बुद्धरत्न मानन्धरज्यू मार्फत तालिम कार्यक्रमको आवश्यकता, महत्व बारेमा छोटो बिस्तार गर्नुभयो । एक दिने तालिम कार्यक्रमको सहजीकरण बरिष्ठ सहकारीकर्मी तथा किसान साकोसका नवनियुत्त प्रमुख कार्यकारी अधिकृत श्री संजय राज तिमल्सेनाज्यूले गर्नुभएको थियो । कार्यक्रममा चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का सम्पुर्ण कर्मचारीहरु सहभागी थिय ।